मंगलवार, १७ असार, २०८२

आज चैत्र २५ शनिवार राशिफल

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ चैत्र, २०७९

आज चैत्र २५ शनिवार राशिफल

२०७९ चैत २५ गते, शनिवार, ८ अप्रिल २०२३। वैशाख कृष्णपक्ष द्वितीया तिथि, १०ः१५ बजेदेखि तृतीया। स्वाती नक्षत्र, १४ः११ बजेदेखि विशाखा। चन्द्रराशि– तुला।

मेष Aries:- आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन । मेहनत गर्दा अवसर भने पाइनेछ ।

वृष Taurus:-नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ ।

मिथुन Gemini:-श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ ।

कर्कट Cancer:- रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साहत जाग्नेछ ।

सिंह Leo:- मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ । कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन ।

कन्या Virgo:-मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । परिवारजनबाट काममा सहयोग जुट्नेछ । साथिभाइले पनि काममा सहयोग जुटाउन सक्छन्।

तुला Libra:- आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

वृश्चिक Scorpio:- विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो फाइदा हुने काम शुरु गर्ने अवसर जुट्नेछ ।

धनु Sagittarius:- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसि हुनेछ ।

मकर Capricorn:-बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ ।

कुम्भ Aquarius:- मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।

मीन Pisces:- बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन र मानसम्मान समेत पाइनेछ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif