मंगलवार, १७ असार, २०८२

२०८० वैशाख ५ गते, मंगलवारको राशिफल

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ बैशाख, २०८०

२०८० वैशाख ५ गते, मंगलवारको राशिफल

२०८० वैशाख ५ गते, मंगलवार, १८ अप्रिल २०२३। वैशाख कृष्णपक्ष त्रयाेदशी तिथि, १३ः०२ बजेदेखि चतुर्दशी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन।

मेष Aries:- सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

वृष Taurus:- आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

मिथुन Gemini:- नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

कर्कट Cancer:- प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

सिंह Leo:- रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

कन्या Virgo:- प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

तुला Libra:- आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

वृश्चिक Scorpio:- विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

धनु Sagittarius:- काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

मकर Capricorn:- सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

कुम्भ Aquarius:- अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

मीन Pisces:- विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif