मंगलवार, १७ असार, २०८२

२०८० वैशाख ११ ,सोमवारको राशिफल

रााष्ट्रिय सन्‍देश राशिफल टिम, सोमबार, ११ बैशाख, २०८०

२०८० वैशाख ११ ,सोमवारको राशिफल

 २०८० वैशाख ११ ,सोमवार वैशाख शुक्ल चतुर्थी पञ्चाङ्ग: शोभन विष्टि

मेष Aries:- काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन।

वृष Taurus:- पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ।

मिथुन Gemini:-बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना सफल होलान। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

कर्कट Cancer:- व्यापार ब्यबसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

सिंह Leo:- विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ।

कन्या Virgo:- पारिवारिक सम्बन्धमा सुधार आउनेछ। मनग्य धन आर्जन हुनेछ। साथीभाईसंग रमाइलो भेटघाट हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

तुला Libra:- पतिपत्नीबीच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ।

वृश्चिक Scorpio:- ठुला व्यक्तिको विशेष सहयोग जुट्नेछ । परिवारबीच आत्मीय भाव बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रसस्त लाभ मिल्नेछ।

धनु Sagittarius:- पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ। काम गर्ने मनोबल र उत्साह बढ्नेछ।

मकर Capricorn:- सोच्ने शक्ति बढ्नेछ। प्रशंसकहरू बढ्नेछन । सहयोगीहरूले काममा साथ दिनेछन । ब्यापार ब्यबसायबाट राम्रै फाइदाको योग छ।

कुम्भ Aquarius:- विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

मीन Pisces:- नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif