सोमबार, ४ कार्तिक, २०८२

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६ औँ रथ यात्रा निकालियो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १ भाद्र, २०८२

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६ औँ रथ यात्रा निकालियो

२०८२ भदौ ०१, पाल्पा । वीरताको प्रतिकको रूपमा रहेको २०६औं रणउजीरेश्वरी भगवतीको रथ यात्रा पाल्‍पाको तानसेनमा निकालिएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ ।

कृष्णजन्माष्टमीको भोलि पल्‍ट दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा निकाल्ने प्रचलन रहँदै आएको छ । नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए । सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो ।

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्रकृष्ण पक्षको नवमीको दिन भगवतीको रथजात्रा सञ्चालन हुँदै आएको छ । 

तत्कालीन नेपाली सेनाका पाल्पा कमान्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीन तले मन्दिर बनाई भगवतीको सिन्दूर जात्रा गर्ने भाकल गरेको र युद्धमा विजयी भएपछि भाकलअनुसार वि.स. १८७७ देखि कृष्ण जन्माष्टमी मध्यरातमा पूजाआरधना गरी भोलिपल्ट नेपाली सेनाको बडाइका साथ भगवतिमाताको मूर्तिलाई रथमा राखेर कुमाल जातिका जवानले १२: ३० मा भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको छ नगर परिक्रमा गराइएको छ । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पु¥याई विसर्जन गरिने मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए । 

भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाइका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ । पञ्चेबाजा, लाखेनाच, भजनकिर्तन सहितको सांस्कृतिक झाँकीसहित रथ यात्रालाई नगर परिक्रमा गराइएको छ । भगवती माताको रथयात्र सहित पञ्चेबाजा, लाखेनाच, भजनकिर्तन सहितको सांस्कृतिक झाँकी पाल्पाका सरकारी कार्यालयका कर्मचारीहरू, विद्यार्थी र शिक्षकहरु, धार्मिक संघ संस्थाका झांकी, शिक्षक, विद्यार्थी साथै तानसेनका टोल विकास संस्थाका सदस्यहरुको सहभागिता जनाएको रथयात्रा तानसेनको बजारका विभिन्‍न स्‍थानहरूको नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुर्‍याई बिसर्जन गरिएको छ ।

रथयात्रा अवलोकन गर्नेको विभिन्न जिल्लाबाट दर्शकको ठूलो भिड लागेको थियो । रथयात्रामा सहभागिताका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आएका थिए ।

रथयात्रामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधान सेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सभामुख, प्रदेशका मन्त्री, सङ्घीय सांसद, प्रदेश सांसद लगायतका उच्च पदस्थ व्यक्तिको सहभागिता जनाएका थिए ।

राष्ट्रिय विरतासँग जोडिएको भगवती जात्राका दिन आज लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा समेत दिएको छ । 

advertisement_1676551694.gif