सोमबार, ४ कार्तिक, २०८२

आज बाला चतुर्दशी ,शिवालयहरुमा शतबीज छर्नेको घुइचो।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ मंसिर, २०८०

आज बाला चतुर्दशी ,शिवालयहरुमा शतबीज छर्नेको घुइचो।

काठमाडौँ। आज बिहान विभिन्न शिवालयमा बालाचतुर्दशी पर्व मनाउनेको भिड लागेको छ  ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर लगाएतका मन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको हो। त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले सोमबार पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन  ।

बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवङ्गत पितृका नाममा दीपदान गर्न पशुपति परिसरमा सयौँको भिड लागेको थियो । उनीहरू रातभर जाग्राम बसी भजन,किर्तन गरेर बसेका थिए । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् ।

आज बाला चतुर्दशी ,शिवालयहरुमा शतबीज छर्नेको घुइचो।

advertisement_1676551646.gif