सोमबार, ४ कार्तिक, २०८२

आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ आश्विन, २०८२

आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

२०८२ असोज १६, काठमाडौं । यस वर्षको विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत आज बिहान ११:५३ बजे रहेको छ ।

घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ। दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोलै आजदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने तर साइतमै लगाउन खोज्नेका लागि भने विहान ११:५३ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णायक विकास समितिको भनाइ छ ।

यसैगरी आज बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ । घटस्थापनाको दिनमा दशैं घर वा पूजाकोठामा विधिपूर्वक नवदुर्गा स्थापना गरी जमरा राखेर महानवमीसम्म दुर्गा पूजा गरेर विजया दशमीको दिनमा देवीको प्रसाद स्वरुप मान्यजनको हातबाट त्यही जमरा र टीका थाप्ने र आशिर्वाद लिने प्रचलन छ ।

देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि असत्यमाथि सत्यको जीत भएको सम्झनामा दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ । यद्यपि केही समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ। बडा दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्मै लगाउने गरिन्छ ।

advertisement_1676551694.gif