मंगलवार, १७ असार, २०८२

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० श्रावण, २०८१

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, साउन २० । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतवार देखाइने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार जावलाखेलमा आज भोटो देखाइने भएको हो । 

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छ ।

भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा त्यही बेलादेखि बसेको किंवदन्ती छ । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ 

सरकारले भोटो देखाउने जात्राको दिन आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्बजनिक बिदा दिएको छ । 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif