सोमबार, ४ कार्तिक, २०८२

आज गाई तिहार :गाईको पुजा गरेर खाना दिई मनाइदै।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ कार्तिक, २०८०

आज गाई तिहार :गाईको  पुजा गरेर खाना दिई मनाइदै।

काठमाडौँ।  तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।नेपालमा गाईलाई पवित्र मानी पूजा गर्ने हाम्रो  वैदिक सनातन कालदेखिको परम्परा हो । आजका दिन गाईको पूजा गरी  मीठा परिकार खान दिने गरिन्छ। आफ्नो गरमा गाई पालेका हरुले घर  मै पुजा गरेका छन्।  काठमाडौँ को गौशाला पालिएका  गाई को पुजा गर्ने हरुको भिड रहेको छ। गाईको पुजा गरि खाना खान दिन भक्तजनहरुको भिड लाग्ने गरेको छ। 


 गाईको दूध आमाको  दूध जत्तिकै पौष्टिक हुन्छ भनिन्छ। गाईलाई गौमाता भनेर  सम्मान गरिन्छ । गाईको दुध मात्र होइन  गौमुत्र  ,गोबर लगाएत पनि पंचागब्य बनाउनका लागि  प्रयोग गरिन्छ ।कुनै धार्मिक कार्य गर्न  वा पुजा गर्न गाइको गोबर ,गौमुत्र  ,दुध तथा घिउको आवस्यक पर्छ। । गाईको घिउ पुजा आजामा मात्र होइन औसधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ। तर गाई आजकाल पाइने जर्सी लगाएतका उन्नत जातका नभई जुर्रो भएको स्थानीय जातका गाई मा एस्तो प्रकारको महत्व रहेको हुन्छ।  स्थानिय जातको गाई आजकाल लोप हुदै गैरहेको छ। 

 

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

advertisement_1676553851.gif