मंगलवार, १७ असार, २०८२

आज हिमाली एवं पहाडी जिल्लामा हर्सोल्लासपुर्वक होली मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ११ चैत्र, २०८०

आज हिमाली एवं पहाडी जिल्लामा हर्सोल्लासपुर्वक होली मनाइँदै

काठमाडौँ। आज फागु पुर्णिमा नेपालका पहाडी भेगमा फागु पर्व अर्थात होलि पर्व भव्यताका साथ मनाइदै छ।  आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । काठमाडौँ लगाएत पहाडी भेगमा बिहानै देखि एक आपसमा रंग लगाएर फागु खेल्न शुरु भैसकेको छ। परम्परा भिन्दै भए पनि अहिले खासगरी युवा युवतीहरु एक आपसमा सेतो कपडामा तयार भएर भिन्न सप्तरंगी रंग ले एक अर्कालाई लगाइदिएर रमाइलो संग मनाउने चलन रहेको छ।पानि तथा रंग बाट साथीहरुबीच रंग छ्याप्ने अनि रमाइलो गर्ने चलन रहेको छ।होलि पर्व नेपालका तराई भेगमा भोलि मनाइदै छ पुर्णिमाको भोलि पल्ट तराई भेगमा पहिले देखि नै मनाउने गरिएको हो।  

होलि नेपालका भिभिन्न भेगमा आ-आफ्नै तरिकाले मनाउने चलन रहेको छ। धेरै जसो एक अर्कालाई रंग लगेर मनाउने चलन रहे पनि काठमाडौँ मा प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर विधिवत् रूपमा होलीको सुरुवात हुन्छ ।वसन्तपुरमा चीर ठड्याउनुअघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिइन्छ ।भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगामा रंगीचंगी कपडा झुन्ड्याएर पूजा गरी चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकआपसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ ।

त्‍यस्‍तै पहाडी शहर पाल्पामा फागु अर्थात होलि खेल्ने अन्य भन्दा भिन्दै किसिमको छ। त्यहाँ सबै जना जम्मा भएर टेम्का, ढोलक, बासुरी ,मादल लगाएतका बाद्य बादन सहित उपस्थिति भएर फागु खेल्दै घर घर जाने चलन रहेको छ। रंग लगाएर फागु  गीत गाउदै सबै गाउ तथा शहरका घर घरमा पुगेर फागु खेल्ने गरिन्छ। यसरी घर घर आउने हरुलाई पैसा तथा खानेकुरा दिने चलन रहेको छ। यस्ता गीता हरु भजन शैली का हुन्छन। खास गरि भगवान श्री कृष्ण का लिलाहरु का बिषयमा फागु गीत गाइन्‍छ।

आजकाल केहि समाजलाई संदेश दिने खालका संदेश मुलक फागु गीत हरु पनि गाउने गरिन्छ।भिभिन्न संघ संस्था हरुले पनि फागु खेल्ने कार्यक्रम को आयोजना गर्ने गरेका छन्।यो बिशेष गरि पाल्पा जिल्ला मा मनाइने हुदा पाल्पा बाट बाहिरी शहर मा बसोबास गर्ने व्यक्तिहरु ले अन्यत्र पनि मनाउने गर्दछन। ।

त्‍यस्‍तै होलिका नाम मा जो पायो उसलाई पानि छ्याप्ने सहमति बिपरित रङ लगाउन प्रशासन ले निषेध गरेको छ।जबर जस्ती गर्ने लाइ कारवाही गर्ने गरि सुरक्षा व्यवस्था पनि कडा गरेको छ। होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ ।

अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने सुचना प्रकाशित गरि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने संबंधित जिल्‍ला प्रशाशन कार्यालयहरूले जनाएको छ ।

पाल्‍पाको सर्देवामा खेलिएको फागु नाचको भिडियो हेनुहोस्। 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif