मंगलवार, १७ असार, २०८२

आज हरिबोधनी एकादशी पर्व ,तुलसी बिवाह गरेर मनाइदै।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ मंसिर, २०८०

आज हरिबोधनी एकादशी पर्व ,तुलसी बिवाह गरेर मनाइदै।

काठमाडौँ। आज हरिबोधनी एकादशी पर्व भब्य रुपमा देशभरि मनाइँदै छ । हरिबोधिनी एकादशीलाई ठुलो एकादशी पनि भन्ने गरिन्छ अर्थात अन्य एकादशिहरुमा सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । 

उतिष्ठ-उतिष्ठ गोविन्द, उतिष्ठ गरुड़ध्वज l
उतिष्ठ कमलकांत, त्रैलोक्यं मंगलम कुरु l l

चार महिना अगाडी अर्थात चतुर्मास को प्रारम्भमा क्षीरसागरमा  सयां गर्नु भएका बिष्णु भगवानलाई यो मन्त्र पढेर ब्युझाउनु पर्छ भनिन्छ। 

चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन तुलसीको मठ सिंगारेर विशेष पूजा गरी  विवाह गरिदिने परम्परा रहिआएको छ ।तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।  आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ । हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण -चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको घुइँचो छ ।

उपत्यका बाहिर देवघाट, पाल्पा र गुल्मी को संगम स्थल रिडी,राम्दी लगाएत थुप्रै स्थानहरुमा पनि एकादशीको मेला लागेको छ। कतिपय स्थानीय तहले एकादशीको अवसरमा स्थानिय बिदा दिएका छन्। 

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif