मंगलवार, १७ असार, २०८२

आज जनैपूर्णिमा पर्व मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३ भाद्र, २०८१

आज जनैपूर्णिमा पर्व मनाइँदै

तस्विर: राष्ट्रिय सन्‍देश

काठमाडौं, भदौ ३ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । 

बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र (डोरो) बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। 

पूर्णिमाका दिनमा नयाँ जनै लगाउने तागाधारीहरूले बिहानै उठेर नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तऋषिलाई तर्पण गरी जल सेचन गराइएको जनैलाई धारण गर्ने परम्परा छ । उनिहरूले पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif