मंगलवार, १७ असार, २०८२

आज माघे संक्रान्ति रुरु क्षेत्र धाममा भक्तजनहरुको घुँइचो (तस्‍वीर सहित)

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ माघ, २०८१

आज माघे संक्रान्ति रुरु क्षेत्र धाममा भक्तजनहरुको घुँइचो (तस्‍वीर सहित)

१ माघ, पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडीमा अवसरमा कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको भिड लागेको छ ।

बिहानैदेखि कालीगण्डकी नदीमा स्थान गर्ने र नजिकै रहेको ऋषिकेश मन्दिरमा दर्शन गर्ने भक्तजनको भीडभाड बढेको छ । 

नेपालको चार धाममध्यको एक रुरु धाम रिडीमा नेपालसहित भारतबाट आएका भक्तजनहरू आउने क्रम जारी छ । माघे सङ्क्रान्तिमा रिडी क्षेत्रमा पुगेर ऋषिकेश मन्दिरको दर्शन र कालीगण्डकी नदीमा स्थान गरे पुन्य प्राप्त हुने जनविस्वास रहँदै आएको छ ।

परम्परादेखि नै यहाँ माघ १, २ र ३ गते पहिलो दिन जेठी, दोस्रो दिन माहिली, तेस्रो दिन कान्छी सङ्क्रान्ति मेला लाग्ने गरेको छ । व्यापार पनि सँगै संक्रान्तिको अवसरमा व्यापार–व्यवसाय गर्न पाल्पा, बाग्लुङ्, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि व्यापारीहरू आइसकेका छन् ।रोप्पा, रुकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ्मा उत्पादन हुने ऊनीजन्य बस्तुहरू राडीपाखी, कम्बल, बाँसको सामग्रीहरू, जडीबुटीहरू बिक्री गर्न व्यापारीहरू आइतबारदेखि नै रिडीमा आइसकेको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बासबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान, हुम्ला, जुम्लाको ओखको घाँजी जस्ता सरसमान बिक्रीको लागि रुरु क्षेत्रमा आएका छन् । धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला विक्रिको लागि राखिएको छ । 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif