मंगलवार, १७ असार, २०८२

आज माता तिर्थ औँशी। भक्तहरु मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्दै आमालाई सम्झिए ।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ बैशाख, २०८०

आज माता तिर्थ औँशी। भक्तहरु  मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्दै आमालाई सम्झिए ।

काठमाडौँ। आमाको सम्मानमा मनाइने वैशाख कृष्ण पक्ष औँशीका अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गरी दर्शन गर्न भक्तजनको भीड लागेको छ । भक्तजनले आमाको सम्झनामा दीप प्रज्वलन गरी अघिल्लो दिन साँझदेखि नै भक्ति भाब राख्छन  ।

मातातीर्थमा  भक्तजनलाई पोखरीमा नुहाउने व्यवस्था मिलाएको छ । यस पटक मेलामा पाँच लाखभन्दा बढी भक्तजनको उपस्थिति हुने अनुमान गरिएको छ ।आमाको मुख हेर्ने पर्वमा आमालाई मिठो परिकार खुवाउने गरिन्छ । यस दिन शास्त्रमा पिताभन्दा महान मानिने आमालाई सम्मान गर्ने परम्परा छ ।

बच्चाहरू बिहान सबेरै उठ्छन्, नुहाउँछन् र आमालाई राम्रा लुगा लगाउँछन्। तिनीहरूले आमालाई मीठो र स्वादिष्ट भोजन दिएर आशीर्वाद दिन्छन्। यस अवसरमा चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

मातातीर्थ मेला एक महत्त्वपूर्ण पर्व हो जसले भक्तहरूको ठूलो भीडलाई आफ्नी आमाहरूलाई सम्मान गर्न र आदर गर्न खोज्छ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif