सोमबार, ४ कार्तिक, २०८२

आज ऋषिपञ्चमी ,अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २३ भाद्र, २०८१

आज ऋषिपञ्चमी ,अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै

काठमाडौँ। आज ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
काठमाडौंको गुहेश्वरी गौरीघाट लगायत विभिन्न शक्तिपीठ र नदी किनारमा सप्तऋषिको पूजा गर्ने ब्रतालुको घुँइचो लागेको छ ।रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।ऋषिपञ्चमी ब्रत आराधनाको लागि काठमाडौंको गुहेश्वरी गौरीघाट लगायत विभिन्न शक्तिपीठ , नदी किनार तथा घर घरमा जम्मा भएर सामुहिक रुपमा  सप्तऋषिको पूजा गर्ने ब्रतालुको घुँइचो लागेको छ 

आज ऋषिपञ्चमी ,अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै

advertisement_1676551694.gif