मंगलवार, ९ भाद्र, २०८३

आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ श्रावण, २०८३

आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

२०८३ साउन १८, काठमाडौँ । साउन महिनाको तेस्रो सोमबार आज बिहानैदेखि झरी परिरहे पनि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरूको बाक्लो घुइॅचो लागेको छ ।

वर्षाको पर्वाह नगरी श्रद्धालुहरू छाता ओढेरै भए पनि भगवान् शिवको दर्शन, पूजा-आराधना र जल अर्पण गर्न बिहानै देखि लामबद्ध भएका छन् ।

साउने सोमबारलाई शिवजीको विशेष पूजा-आराधना गर्ने पावन दिनका रूपमा लिइन्छ ।

बिहानैदेखि पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरी भक्तजनलाई दर्शन गराउने व्यवस्था मिलाइएको छ । झरीका बाबजुद पनि दर्शनार्थीहरू उत्साहका साथ लाइनमा बसेर पूजापाठ गरिरहेका छन् ।

advertisement_1676553851.gif