राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ श्रावण, २०८२
५ साउन २०८२, काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।
साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि ठुलो संख्यामा श्रद्धालु भक्तजन लाइनमा बसेका छन् । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।
मूल मन्दिरमा भीड नहुने गरी कोषले यस वर्षको साउने सोमबारको दर्शनको व्यवस्था मिलाइने जनाएको छ । भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा मिलाईएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले बताए ।