सोमबार, ४ कार्तिक, २०८२

आज साउनको तेस्रो सोमबार: पशुपतिमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २० श्रावण, २०८२

आज साउनको तेस्रो सोमबार: पशुपतिमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

२०८२ साउन १९, काठमाडाैं । साउनको तेस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन । आज पशुपतिनाथ मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेकाे छ ।

यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, धतुरो, विभिन्न फूल, फल लगायतका प्रसाद चढाएर पूजा गर्दछन् ।

यसरी शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास छ ।श्रद्धालुहरुलाई सहज रुपमा पूजाआजाको प्रबन्ध मिलाउने उद्देश्यले सोमबार पशुपतिनाथका चारै ढोका खुला गर्ने गरिएको छ । 

advertisement_1680627680.gif