मंगलवार, १७ असार, २०८२

आज दशैंको टिकाको दोस्रो दिन, मान्यजन र आफन्तबाट टीका लगाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २७ आश्विन, २०८१

आज दशैंको टिकाको दोस्रो दिन, मान्यजन र आफन्तबाट टीका लगाइँदै

काठमाडौं, असोज २७ । आज दशैंको टीका र जमरा लगाइँदै छ । शनिबार बडादशैंको दिन शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन् । यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।

कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ । आज पापाङ्कुशा एकादशी पनि रहेको छ। विजयादशमीको भोलिपल्ट पर्ने यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ। साथै पापमा अंकुश लाग्ने जनविश्वास पनि छ।

आजका दिन काठमाडौंको बूढानीलकण्ठ भक्तपुरको भचाँगुनारायण आदि भगवान विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्छ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif