राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १७ बैशाख, २०८०
आजभोलि समाजमा धेरै यस्ता मानिसहरु भेटिन्छन् जसले पढेर वा सुनेर आधा (अधुरो) ज्ञान प्राप्त गरेर आफूलाई ठूलो विद्वान ठान्छन्, यस्ता व्यक्तिहरु आफ्नो अधुरो ज्ञानका कारण समस्यामा पर्छन् ।विषयलाई राम्ररी बुझेर व्यवहार गर्नुपर्छ । एकजना महात्मा गाउँमा ध्यान गरेर बस्नुहुन्थ्यो।उहाँका धेरै चेलाहरू थिए, जसलाई उहाँले आध्यात्मिकता सिकाउनुहुन्थ्यो समय समयमा प्रवचन दिनुहुन्त्यो । उहाका धेरै चेलाहरु मध्य भोला नामका एक जना चेला पनि थिए । उनी नाम त भोला थियो नै बुद्धिले पनि निर्दोष र भोला थिए । गुरुको वाक्य उनको लागि ब्रह्मवाक्य थियो। अन्य शिष्यहरूले गुरुको शिक्षालाई बिर्सन सक्छन्, तर उनी कहिलै नबिर्सने ।एक पटक गुरुजीले आफ्ना सबै शिष्यहरूलाई भगवानको महत्त्व बताउनुभयो र भन्नुभयो, "मानिसहरूले गलत बुझ्छन् कि भगवान कतै आकाशमा वा पातलोमा बास गर्नुहुन्छ।
वास्तवमा भगवान् त सबै प्राणीमा छन्।'''गुरुजी, कुकुर, बिरालो, ऊँट, हात्ती सबैमा पाइन्छ,' भोलाले जिज्ञासा राख्दै सोधे।'हो बाबु सबैमा भगवान छन्, तर तिनीहरू जनावर भएकाले तिनीहरूमा पशु प्रवृत्ति हुन्छ, त्यसैले मानिसले सधैं आफ्नो बुद्धि र विवेकले काम गर्नुपर्छ।'यसपछि कक्षा सकियो र सबै शिष्यहरू आ-आफ्नो काममा लागे।भोला गुरुजीको अनुमति लिएर बजार तर्फ लागे, बाटोमा जे देखे, त्यसलाई भगवानको स्वरूप मानेर घुँडा टेकेर अघि बढे ।बजारमा एक्कासी भागदौड मच्चियो । एउटा हात्ती क्रोधित भएर चारैतिर दौडिरहेको थाहा भयो ।
त्यो देखेर भोला ले भने "हे भाइ,हो हात्तीमा पनि भगवान छ र भगवानले कसैको हानि गर्नुहुन्न ।"भोलाले सबैलाई यसो भने,चिच्चाए तर उनको प्रवचन सुन्न वरपर कोही थिएन। बाटो पुरै सुनसान भयो ।हात्ती को डरले सबै भागे। अचानक हात्तीको नजर भोलामाथि पर्यो । माउते ले पनि भोलालाई नजिकै देख्यो र चिच्याउदै हतार हतार भोला तिर लाग्यो । आत्तिएर कराएर भन्यो, “ए भाइ, यहाँबाट भाग्नुहोस्। हात्ती रिसाएको छ अगाडी नबस्नुहोस भाग्नुहोस। तर भोला भागेनन र माउते संग भन्न लागे "हे माउते दाइ यसमा पनि भगवान छ र भगवानले मलाई किन हानि गर्नुहुन्छ?तर माउते आत्तिदै भन्यो "ए मुर्ख, तिमि मारिने छौ , अगाडिबाट हट।" तर भोलाले उनको कुरा सुनेन र उभिरहे। हात्तीले छिट्टै भोलालाई हान्यो र अर्को क्षण उसले आफ्नो सुँडमा बेरेर उसलाई खेलौना झैं फ्याँक्यो।
भोलाको शरीर रुखसँग ठोक्कियो र अर्को क्षण उनको मुखबाट पीडा र डर मिश्रित चिच्याहट निस्कन थाल्यो । प्रणाम गुरुदेव। हजुरले भन्नु भएको थियो कि भगवानले कसैलाई हानि गर्दैनन्। म यहाँ मारिए। हेर्नु , मलाई बचाउनुहोस्।मानिसहरूले भोलालाई उठाए र आश्रमतिर लगे। गुरुजीले आश्रममा भोलाको उपचार गर्दा उनलाई होश आयो। गुरुजीले मानिसहरूको कुराबाट सबै कुरा थाहा पाए अनि भोलालाई तिमोलाई के भयो भनेर सोधे।त्यसमा भोलाले भने, ‘हजुरले बिहान दिएको उपदेशका कारण मलाई यो दुःख परेको हो । हजुरले भन्नु भएको थियो कि सबैमा भगवान हुन्छ, यो विश्वास गरेर भगवानसँग किन डराउनु र किन हानि गर्ने गर्छन र भन्ने सोचे तर हेर मलाई हात्तीले उठायो र फालिदियो । अब भन्नुहोस् गुरुदेव, जब हात्तीमा भगवान् थिए भने मलाई किन मारे ?"बाबु तिमी निर्दोष मात्र होइनौ, मुर्ख पनि हौ।" उनको कुरा सुनेर गुरुजी उनको अज्ञानतामा मुस्कुराउनुभयो ।
"कस्तो गुरुदेव, म कस्तो मुर्ख छु ।"
"के त्यहाँ हात्ती को वरिपरि केही मान्छे थिए?
''हो।''"उनीहरुले तिमीलाई केहि भने ।"
"हो, उनीहरूले मलाई धम्की दिइरहेका थिए र मलाई अगाडिबाट टाढा जान आग्रह गरिरहेका थिए।"
"त्यसोभए किन तिमीलाई किन यो लागेन कि तिनीहरूमा पनि भगवान छन् र तिनीहरूले मलाई यो समस्याबाट बच्न चेतावनी दिइरहेका छन्।मेरो निर्दोष शिष्य , तिमीले सबै प्राणीमा ईश्वर छ भनेर याद गर्यौ, तर तिमीले बिर्सियौ कि भगवान मानिसमा पनि बास गर्नुहुन्छ। तिमीले आफूलाई बचाउन भन्नुहुने भगवानको कुरा किन सुनेनौ? मेरो कुरामा ध्यान देउ कि जनावरहरूमा भगवान हुनुको साथसाथै पशु प्रवृत्ति पनि हुन्छ,भनेको थिए त्यो किन बिर्शेको ? त्यसैले मानिसले जहिले पनि आफ्नो बुद्धि र विवेकले व्यवहार गर्नुपर्छ।त्यसको प्रयोग गर्नु पर्दछ ।