आईतवार, २९ चैत्र, २०८२

बालाजु बाइसधारा मेला सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १९ चैत्र, २०८२

बालाजु बाइसधारा मेला सुरु

२०८२ चैत्र १९, काठमाडौं । चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ । मेलाका अवसरमा बाइसधारामा भक्तजनको घुँइचो लागेको थियो ।

मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उक्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ ।

बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले जानकारी दिए ।

यस दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ ।

बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गरेको र १८५५ सालमा राजा रणबहादुर शाहले अर्को एउटा ठूलो धारा बनाएको बाइसधाराको इतिहासमा उल्लेख भएको  जानकारहरूले बताउदै आएका छन् । 

advertisement_1676553851.gif