राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ आश्विन, २०८२
२०८२ असोज ६, काठमाडौँ । नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा दसैँको पहिलो दिन सोमबार काठमाडौंको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ । दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हो ।
बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैं घरमा विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ । यसै अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।
दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको, मकै, धानको जमरा राख्ने गरिन्छ ।