मंगलवार, १७ असार, २०८२

गीता जयन्ती र त्यसको महत्व ।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ७ पुष, २०८०

गीता जयन्ती र त्यसको महत्व ।

गीता जयन्ती आज  परेको छ । श्रीकृष्णले अर्जुनलाई गीताको ज्ञान दिएको दिन मार्गशीर्ष शुक्ल पक्षको एकादशी भएकाले यस दिनलाई गीता जयन्तीका रुपमा मनाउने गरिन्छ । यस दिन व्रत बस्ने जनविश्वास पनि छ । गीता जयन्तीको दिन व्रत गर्नाले मन शुद्ध हुन्छ र शरीर स्वस्थ रहन्छ । यसका साथै सबै पापबाट मुक्ति मिल्छ। यस दिन भगवान कृष्णले अर्जुनलाई धर्म र कर्मको व्याख्या गर्दै उपदेश दिनुभएको थियो  । महाभारतको युद्धमा श्रीकृष्णले दिएको शिक्षालाई गीता भनिन्छ। जीवन जिउनुको महत्व, धर्म र कर्मलाई गीताको उपदेशमा व्याख्या गरिएको छ। 


गीता एक मात्र शास्त्र हो जसको जन्मजयन्ती हरेक वर्ष मनाइन्छ। गीतालाई श्रीमद्भगवद्गीता र गीतोपनिषद पनि भनिन्छ। गीताको उपदेशको पालना गर्नाले सबै कठिनाइ र शंकाको समाधान हुन्छ भनिन्छ ।


गीतामा श्रीकृष्णले दिएको शिक्षालाई पालना गर्नाले व्यक्तिमा कठिन परिस्थितिमा सही निर्णय लिने क्षमता विकास हुन्छ। जीवन जिउने कला, व्यवस्थापन र कर्म सबै गीताको उपदेशमा छ। त्यसैले यस दिन गीता वाचन गर्नुपर्छ ।


गीता जयन्तीको महत्व
श्रीमद्भागवत गीता जस्तै  गीता जयन्तीलाई पनि निकै महत्वपूर्ण मानिन्छ । गीतामा लेखिएका प्रत्येक श्लोकलाई मानव कल्याणका लागि लाभदायक मानिन्छ। गीताको उपदेशद्वारा भगवान श्रीकृष्णले मानिसलाई राम्रो र खराब र सही र गलतको भिन्नता बताउनुभएको छ । यस दिन गीता पाठ गरेमा भगवान श्रीकृष्णको आशीर्वाद प्राप्त हुन्छ ।


श्रीमद्भागवत गीता संसारमा एक मात्र यस्तो ग्रन्थ हो जसको जन्मजयन्ती मनाइन्छ। किनभने गीताको जन्म भगवान श्रीकृष्णको मुखबाट भएको हो । गीतामा उल्लेखित प्रत्येक श्लोक भगवान श्रीकृष्णको मुखबाट आएको हो, त्यसैले गीता जयन्ती मनाइन्छ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif