सोमबार, ४ कार्तिक, २०८२

घटस्थापनाका दिन भद्रकालीमा दर्शन र गाडी पूजा गर्नेहरूकाे घुइँचो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ आश्विन, २०८२

घटस्थापनाका दिन भद्रकालीमा दर्शन र गाडी पूजा गर्नेहरूकाे घुइँचो

२०८२ असोज ६, काठमाडौँ । नेपालीहरूको महान चाड बडादशैं आजबाट औपचारिक रूपमा सुरु भएको छ । नवरात्रको पहिलो दिन आज, असोज ६ गते, देशभर घरघरमा विधिपूर्वक घटस्थापना गरिएको छ ।

घटस्थापनाका दिन बिहानैदेखि राजधानीको प्रसिद्ध भद्रकाली मन्दिरमा दर्शन गर्ने र गाडी पूजा गर्ने भक्तजनहरूको भीड लागेको देखिन्छ । श्रद्धालुहरू दुर्गा माताको पूजा गरी वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै गाडीहरूमा फूलमाला चढाई पूजापाठ गरिरहेका छन् ।

आजकै दिन विधिपूर्वक पूर्ण कलश (घडा) स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गा देवीको आह्वान गरिन्छ । स्थापना गरिएको कलशको जलले नवौं दिन अर्थात् विजयादशमीका दिन दुर्गा देवीको अभिषेक गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

बडादशैंको सुरुआतसँगै मठमन्दिरहरूमा भक्तजनहरूको चहलपहल बढ्न थालेको छ ।

advertisement_1676551537.gif