राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ४ असार, २०८१
काठमाडौँ, असार ३ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छन् । मुस्लिम धर्मावलम्बीहरूले इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाउदै आएका छन् ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
हिजरी संवत् १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवाहरू बताउँछन्।
देशभरका मस्जिद, काश्मिरी मस्जिद लगायत मस्जिदमा मानिसहरू भेला भएर यो पर्व मनाउँदै छन्।
मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म यो पर्व मनाउने गर्छन् । सरकारले आज सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक बिदा समेत दिएको छ।