राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २४ कार्तिक, २०८०
धनतेरसको पर्व हिन्दूहरूका लागि धेरै विशेष छ किनभने यस दिन किनमेल गर्दा लक्ष्मी, धन्वन्तरी र भगवान कुबेरलाई प्रसन्न तुल्याउँछ। त्यसैले उहाँको आगमनमा जनताले आफ्नो क्षमताअनुसार नयाँ–नयाँ कुरा पक्कै किन्छन् । यिनलाई किन्दा लक्ष्मीका साथै धन्वन्तरी, कुबेरदेव र यमराज पनि प्रसन्न हुन्छन्
परम्परागत रूपमा धनतेरसको दिन सुन र चाँदीका गरगहना खरिद गर्नुको विशेष महत्व मानिन्छ । सुनमा लक्ष्मीको वास हुने र धनतेरस र दीपावलीको पूजापछि सुन किनेर धारण गर्नाले बृहस्पति पनि बलवान हुने जनाइएको छ । त्यसैले तपाईं सुन र चाँदीका गहना वा सिक्का किन्न सक्नुहुन्छ। यसका अलावा भाँडाकुँडाहरू, विशेषगरी पीतलका भाँडाहरू किन्नु धेरै शुभ मानिन्छ। यसो गर्दा घरमा समृद्धि आउँछ । तर, अहिले काँसाका भाँडाको ठाउँ स्टिलका भाँडाहरूले लिएका छन् । त्यसैले तपाईं तिनीहरूलाई पनि किन्न सक्नुहुन्छ।
धनतेरसको दिन पुरै धनिया र बेसारको गुच्छा किन्नु पनि धेरै शुभ मानिन्छ। भनिन्छ कि यसले भान्साको स्टक सधै भरी रहन्छ। दीपावलीमा नयाँ लुगा किन्न मन पराउनेहरूले सम्भव भएमा धनतेरसमा पनि लुगा किन्नु पर्छ। यस बाहेक धनतेरसको दिन दीपावलीको पुजाका लागि लक्ष्मी-गणेशको मूर्ति, रंगोली, बत्ती आदि खरिद गर्नु उत्तम मानिन्छ।