मंगलवार, १७ असार, २०८२

मुस्लिम धर्मावलम्बीले आज इद-उल-फित्र पर्व मनाउँदै; सार्वजनिक बिदा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २९ चैत्र, २०८०

मुस्लिम धर्मावलम्बीले आज इद-उल-फित्र पर्व मनाउँदै; सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज इद उल फित्र पर्व मनाइरहेका छन । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान (इद–उल–फित्र) हर्ष र उत्साहका साथ एक अर्कामा शुभकामना साटासाट गरेर मनाइरहेका छन् ।

अरबी पात्रो हिजरी सम्वत्‍अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् । 

यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । आजको दिन व्रतालुले एक महिना लामो कठिन व्रत समापनको अवसरमा नमाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गरी दीनदुःखीका लागि दान गर्ने गर्दछन्।

इद उलफित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif