मंगलवार, १७ असार, २०८२

महाशिवरात्रिको अवसरमा झकिझकाउ पशुपति , आज बेलुकादेखि नै भक्तजनहरुको भीड

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २४ फाल्गुन, २०८०

महाशिवरात्रिको अवसरमा झकिझकाउ पशुपति , आज  बेलुकादेखि  नै  भक्तजनहरुको भीड

काठमाडौँ। महाशिवरात्रिको अवसरमा आज बेलुकादेखि नै पशुपतिमा भक्तजनहरुको भीड लागेको छ । भगवान शिवको आराधना गर्न समर्पित रात्रि महाशिवरात्रि मनाउन नेपाल र विश्वभरका भक्तजनहरू भेला भएकाले काठमाडौंको प्रतिष्ठित पशुपतिनाथ मन्दिर आध्यात्मिक उत्साहको केन्द्रबिन्दु बनेको छ। भोलि रहेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरलाई शृंगार गरेर झकिझकाउ बनाइएको छ  ।  

वैदिक सनातन हिन्दू धर्मका भक्तहरूले शिवालयमा पूजाआजा गर्नुअघि नदी र पोखरीमा स्नान गरी महाशिवरात्रि पर्व मनाउने गर्दछन । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एकरात्रि हो शिवरात्रि। यो अत्यन्तै  पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

महाशिवरात्रि भगवान शिवको सबैभन्दा प्रिय दिन मानिन्छ। भक्तहरू व्रत बस्छन्, शुद्धि गर्छन् र भगवान शिबलाइ जल , दूध, धतुरो र बेलपत्र अर्पण गरेर पुजा गर्छन । महाशिवरात्रिको दिन व्रत बसेर रातभर जाग्राम बस्दा आध्यात्मिक सिद्धि  हुने जनविश्वास रहेको  छ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif