बिहीबार, ३ बैशाख, २०८३

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा तयारी पूरा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २ फाल्गुन, २०८२

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा तयारी पूरा

२०८२ फागुन ०२, काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा तयारी पूरा भएकाे छ । शनिबार पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा पनि गरिएको छ ।

शोभायात्रामा स्वदेशी तथा विदेशबाट आएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पशुपति क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो ।

कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढङ्गले दर्शन गर्नसक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

advertisement_1680627706.gif