मंगलवार, १७ असार, २०८२

महाशिवरात्रि पर्वका लागि शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँमा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ फाल्गुन, २०७९

महाशिवरात्रि पर्वका लागि शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँमा

काठमाडौँ।  महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइ पुग्नु भएको छ। शङ्कराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आइपुगेको पशुपति क्षेत्र बिकाश कोष ले जानेको छ। 
उहाको साथमा अन्य सन्त महात्मा हरु पनि आउनु भएको छ। 
 शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज पशुपतिनाथमा दर्शन गर्ने कार्यक्रम छ । दर्शनपछि उहाले पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा प्रवचन दिनेकार्यक्रम रहेको बताइएको छ । 
शङ्कराचार्यसँगै महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा साधुसन्तको भीड लागेको छ । यस वर्ष महाशिवरात्रिमा करिब पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान कोषको छ । पशुपति क्षेत्र आएका साधुसन्तलाई बिहीबारदेखि नै भोजन, आवास र धुनीको व्यवस्था गरिएको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif