राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ५ भाद्र, २०८१
तस्विर: राष्ट्रिय सन्देश
पाल्पा, भदौ ५ । पाल्पा जिलाको प्रमुख र अत्यन्तै महत्वपूर्णरहेको श्री ७ रणउजीरेश्वरी भगवतीको जात्रा (खटयात्रा) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति हुने भएको छ । पाल्पाको भगवती जात्रालाई रस्त्रिये पर्वका रुपमा मान्यता दिन तथा उक्त दिन राष्ट्र प्रमुख को उपस्थित गराउन भन्दै वस अघि पाल्पा का संघिय सांसद ठाकुर गैरे तथा नारायण प्रसाद आचार्यले पहल गर्दै आएका थिए।
श्री ७ रणउजीरेश्वरी भगवती गुठी व्यवस्थापन समितिसंगको समन्यवमा भदौ २ गते संसद द्वय ठाकुर गैरे र नारायण आचार्य ले शितल निवास पुगेर औपचारिक रुपमा राष्ट्रपति पौडेललाई भगवतीको खट्यात्रको निमन्त्रणा गरेका थिए । खट्यात्राको गरिमा बढाउन र उत्सबलाई राष्ट्रिय पर्वका रुपमा सूचीकरण गर्ने काममा सहजीकरणका लागि समेत रास्ट्रपति समक्ष प्रस्ताब राखेका थिए ।
यस वर्ष २ सय ५ औं खट्यात्रा निस्कर्दै छ । नेपाल–अंग्रेज युद्धको विजय उत्सवका रुपमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने भगवती जात्रा यस वर्ष भदौ ११ गते मनाइदै छ । जितगढीमा भएको नेपाल अंग्रेज युद्ध (वि.स. १८७१ र १८७२) मा अंग्रेज सेनालाई हराएपछि विजयउत्सवका रूपमा सुरू भएको पाल्पाको भगगती रथयात्रा (खटयात्रा) दुई सय ५ वर्षदेखि नियमित हुदै आएको छ ।
पाल्पाको तानसेनमा हरेक वर्ष कृष्ण जन्माष्टमीमा जागाराम बसी भोलीपल्ट भाद्र कृष्ण नवमीका दिन आयोजना गरिने भगवती रथयात्राको नेपाल अंग्रेज युद्धसँग सम्वन्धित ऐतिहासिक तथा धार्मिक र साँस्कृतिक महत्व रहेको छ । भगवती माताको भाकल गरी अंग्रेज सेनासँग युद्ध लड्न गएका उजिर सिंह थापाको नेतृत्वको सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको थियो । थापाले महिषासुर मर्दिनी भगवतीको तीनतले मन्दिर वि.स. १८७२ मा निर्माण थालनी गरेका थिए । भगवती मूर्तिसँगै महिषासूर मर्दिनीको मूर्ति स्थापना भएपछि वि.स. १८७७ देखि विजयउत्सवका रूपमा हरेक वर्ष भगगतीको खट्यात्रा निकालन सुरू भएको पाइन्छ ।