मंगलवार, १७ असार, २०८२

प्रसिद्ध धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ नेपालमा।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २ भाद्र, २०८०

प्रसिद्ध धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’  नेपालमा।

काठमाडौँ। प्रसिद्ध धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’  भारतबाट नेपाल आएका छन् । २५ जनाको समुहसंग  आएका बाबालाई सरकारले उच्चस्तरको सुरक्षा र सम्मान दिएको छ । एयरपोर्टको भीभीआइपी कक्ष प्रयोग गरेका शास्त्रीलाई एक मोटरसाइकल र एउटा गाडीको स्कर्टिङसहित होटल भिभान्ता पुर्याइएको थियो । त्यहाँ केहीबेर बिताएर उनी पशुपतिनाथ मन्दिर पुगे ।

 

पशुपतिनाथ मन्दिरमा बागेश्वरलाई हेर्न थाम्नै नसक्ने भीड लागेको थियो  । शास्त्री पशुपति मन्दिरभित्रको आरतीमा सहभागी भए । पशुपति विकास कोषले उनको स्वागतमा सवा करोड बत्ति बालेको थियो । शास्त्रीसहित सीमित व्यक्तिहरुलाई चौधरी निवासमा बस्ने व्यस्था गरिएको थियो ।उनलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो।

 धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ सँग गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले भेट गरेका छन् । हिजाे राति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले बागेश्वर बाबासँग भेट गरेका हुन् ।शास्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ ।

 

प्रधानमन्त्रीलाई भेटेपश्चात उनी शास्वतधामतिर लाग्नेछन्। त्यहा उनको प्रवचनको कार्यक्रम रहेको छ। 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif