सोमबार, ४ कार्तिक, २०८२

प्रधानमन्त्री कार्कीले दशैंकाे टीका नलगाउने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १५ आश्विन, २०८२

प्रधानमन्त्री कार्कीले  दशैंकाे टीका नलगाउने

२०८२ असोज १५, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा यस वर्षकाे टीका नलगाउने भएकी छिन् ।

बडा दशैं हर्षोल्लासको साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण र अधिकांश घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएकाे हाे ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट पारेको छ ।     

advertisement_1676551694.gif