सोमबार, ४ कार्तिक, २०८२

राक्षसको दहन गरेर मनाइयो गठेमङ्गल पर्व

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ श्रावण, २०८२

राक्षसको दहन गरेर मनाइयो गठेमङ्गल पर्व

७ साउन २०८२, काठमाडौं । प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् ।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरका टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पु¥याइ जलाएर पर्व मनाइएको हो ।

किंवदन्तीअनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामङ्गल नाम गरेको एउटा दानव थियो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधै कानमा घण्टी झुन्ड्याएर हिँड्ने गथ्र्यो । त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो । त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गथ्र्यो। उसको गतिविधिबाट मानिस आतङ्कित थिए । एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाएसँगै यो पर्व मनाउने प्रचलन सुरू भएको जानकारहरू बताउँछन् ।

एक दिन घण्टाकर्ण मरेको र ऊ मरेको खुसीयालीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गरी फलामको औँठी  लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राख्ने गरिएको धार्मिक किंवदन्ती रहेको छ । चोकचोकमा जम्मा भई मानिसहरूले बुधवार साँझ आगो बालेर भूत भगाएका थिए । 

पुतलाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहिआएको छ । यो पर्व मनाएमा मानिसलाई विभिन्न रोग, व्याधि नलाग्ने विश्वास गरिन्छ ।

advertisement_1760855394.gif