शनिबार, १८ जेष्ठ, २०८२ 2:51:14 AM

राष्ट्रपति पौडेल द्वारा भोटो देखाउने जात्राको अवलोकन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ जेष्ठ, २०८०

राष्ट्रपति पौडेल द्वारा भोटो देखाउने जात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।

राष्ट्रपतिकोरुपमा पौडेलले पहिलो पटक बिहीबार जावलाखेलमा उपस्थित भई भोटोजात्रा अवलोकन गरेका हुन् ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

कर्कोटक नागराजले आफ्नी श्रीमतीको आँखामा देखिएको समस्या समाधान गरिदिएपछि किसानलाई भोटो उपहार दिएको किम्बदन्ती पाइन्छ । तर खेतमा काम गरिरहेको अवस्थामा भोटो हराएको र पछि मच्छिन्द्र नाथको जात्रामा भुतले आफ्नो भोटो लगाएको देखेपछि विवाद भएको तर टुंगो लाग्न नसक्दा भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइएको किम्बदन्ती छ । त्यही भोटो प्रमाण पुर्याएर लान भने पनि अहिलेसम्म कसैले पनि भोटोमा प्रमाणिक दावी गर्न सकेका छैनन । त्यही बेलादेखि यो भोटो कस्को हो ? भन्दै सोधेर भोटो देखाउने चलन छ ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरुको उपस्थिति थियो ।

भोटो देखाउने जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदाको व्यवस्था गरेको थियो ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif