सोमबार, ४ कार्तिक, २०८२

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ श्रावण, २०८२

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

४ साउन २०८२, काठमाडौँ । यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले श्रद्धालु भक्‍तजनहरूलाई निःशुल्क यातायात सुविधा पाउने भएका छन् ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग आज भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताएका हुन् ।

धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा भाेली साउन ५ गते पहिलो सोमबारदेखि यस्तो सुविधा दिन लागिएको जोशीले जानकारी दिए ।

सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन् । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको सदस्य सचिव जोशीले बताए । 

बिहान ४ः०० बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा व्‍यवस्‍था गरिएको छ । साउने सोमबारका अवसरमा साउन ५ गते सोमबार बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने बताइएको छ ।

advertisement_1760855394.gif