मंगलवार, १७ असार, २०८२

सन्त आशाराम बापू को रिहाइको माग गर्दै काठमाडौँ गरियो शान्ति पद यात्रा।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २ चैत्र, २०८०

सन्त आशाराम बापू को रिहाइको माग गर्दै  काठमाडौँ  गरियो शान्ति  पद यात्रा।

काठमाडौँ। श्री योग वेदान्त सेवा समिति काठमाडौँ ले शुक्रबार काठमाडौँमा  शान्ति पद यात्राको आयोजना गरेको छ।  रत्नपार्क देखि शुरु भएको पद यात्रा जमल ,महेन्द्र शालिक दरबार मार्ग नागपोखरी हुदै लैनचौर चोक सम्म पुगेको थियो।

श्री योग वेदान्त सेवा समिति काठमाडौँ द्वारा आयोजित उक्त कार्यक्रममा नारायणगढ,जनकपुर ,भैरहवा ,सर्लाही,लालबन्दी ,बिरगंज ,बिराटनगर लगायतका समितिहरु को समेत सहभागिता रहेको थियो। हिन्दु सनातन धर्म गुरु सन्त श्री आसराम बपू लाइ झुट्टा आर्रोप लगाएर भारत सरकारले लामो समय देखि कारागारमा राखेको भन्दै सभागी हरुले उहाँको  रिहाइ गर्न तथा अहिले स्वास्थ्य अवस्थानाजुक बन्दै गैरहेको अवस्थामा पनि उहाँको चाहना अनुसार आयुर्वेदिक उपचार नगराई भारत सरकारले मानव अधिकारको समेत खिल्ली उडाएको  बताए।

सहभागीहरुले भारत सरकारलाई दबाब दिन भारतीय दुतावास मार्फत आफ्ना गुरुको उचित उपचार तथा निर्दोष सन्तलाई छिटो रिहाइ गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेकोमा दुताबासले सिधै पत्र बुझ्न इन्कार गरेको र इमेल मार्फत पठाउन भनेकोले सो अनुसार पठाउने बताएका छन्। साथै  नेपालको परराष्ट्र मन्त्रालय मार्फत पनि ज्ञापन पत्र बुझाउने तयारी गरेको एक सभागिले बताए। पद यात्रा समापन पश्चात सभागीहरुले लैनचौर चोकमा कोण सभाको आयोजना गरेका थिए। उक्त कोण सभामा विभिन्न बक्ताहरुले अहिले हिन्दु धर्म माथि चारै तिर बात आक्रमण भैरहेको बताउदै त्यसको छिटै अन्त्य हुनु पर्ने बताए।

सन्त आसारम बापू लाई बिगत १२ बर्ष देखि भारतको जोधपुर कारागारमा राखिएको छ। बलात्कार को आरोपमा  कारागारमा राखिएका सन्त को पुलिस रिपोर्ट तथा मेडिकल रिपोर्टले बलात्कारको पुस्टि नगर्दा नगर्दै पनि राजनीतिक तथा हिन्दु धर्म बिरोशी हरुले झुट्टा आरोपमा फसाइरहेको जानकारहरु बताउछन। 

सन्त आशाराम बापू को रिहाइको माग गर्दै  काठमाडौँ  गरियो शान्ति  पद यात्रा।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif