राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २९ फाल्गुन, २०७९
काठमाडौँ। काठमाडौँ मा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा भारत अहमदाबाद बाट आउनु भएकी साध्वी रेखा दिदी ले मनुष्य जीवन मा सत्संग तथा सद्गुरु नभए यो जीबन ब्यर्थ रहेको बताउनु भएको छ। सन्त श्री असारमाजी बापू कि सत् शिष्या रहेकी रेखा दिदीले श्री योग वेदान्त सेवा समिति काठमाडौँ को आयोजनामा भएको दुइ दिने गीता भागवत सत्संग कार्यक्रम मा उक्त संदेश दिनुभएको हो। उहाले नम्रता नभए ज्ञान को कुनै काम छैन भन्दै मनुष्य जीवन मा सर्वप्रथम त आध्यात्मिक गुरु तथा सत्संग को आवस्यकता रहेको बताउदै सबै कुराको ज्ञान भएर पनि यदि मनुष्य मा नम्रता छैन भने त्यो ज्ञान ब्यर्थ जाने छ भन्नु भयो। उक्त दुइ दिने सत्संग कार्यक्रममा करिब २०० जना बिद्यार्थी हरुलाई नैतिक शिक्षा को महत्व बताउदै हाम्रो जन्मदिन मनाउने संस्कार मा बत्ति लाइ फुकेर होइन बत्तिमा प्रकाश दिएर अर्थात बालेर मनाउनु पर्ने भन्दै अब देखि कसैको जन्म दिन मनाउदा बत्ति फुकेर होइन बालेर मनाउन समेत आग्रह गर्नुभयो। तेस्तै उहाले फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे होइन मातृ पितृ पुजन गरेर आफ्नो बैदिक परम्परा अनुसार अगाडी बढ्नु पर्छ, पश्चिमा हरुको देखावटी गरेर आफ्नो संस्कृति लाइ बिर्सन नहुने बताउनु भयो। दिनमा कमसेकम केहि समय मिलेर एकान्तमा बसी ध्यानको आभ्यास गरेन र आन्तरिक यात्रा गर्नु पर्नेमा उहाले जोड दिनु भयो। यही फाल्गुन २७ गते र २८ गते रखिएको कार्यक्रममा धेरै जनाले सत्संग को लाभ लिएका थिए।