सोमबार, ४ कार्तिक, २०८२

तराई तथा मधेशका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १२ चैत्र, २०८०

तराई तथा मधेशका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै

काठमाडौं। तराई तथा मधेशका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‌भावनाको सन्देश लिई आउने फागु पर्व असत्यविरुद्ध सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन छ ।

तराईंमा एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। पहाड घरभई तराईमा बस्दै आएकाहरूले पनि आपसमा शुभकामना आदानप्रदान गर्दै आज होली पर्व मनाउँदै छन्। 

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

advertisement_1680627680.gif