मंगलवार, १७ असार, २०८२

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ भाद्र, २०८०

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

काठमाडौँ । बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी भएका छन् । आज शुक्रवार काठमाण्डाैमा भएकाे चुनावमा पारस प्यानलसहित विजयी भएका हुन् ।

संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा खड्काले २३ मत पाउँदा उनका प्रतिद्वन्द्वी उमेश पियाले १४ मत पाए ।

शुक्रवार बागमती प्रादेशिक क्रिकेट संघको दोस्रो साधारण सभा एवं अधिवेशन पश्चात् भएको मतदानमा ३७ मतदाताले मतदान गरेका थिए । मतदानबाट खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

ष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले काठमाडौँ जिल्ला क्रिकेट संघमा प्रवेश गर्दै प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उनको प्रतिद्वन्द्वी उमेश पिया चितवन जिल्ला क्रिकेट संघमा पदाधिकारी हुन् ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif