मंगलवार, १७ असार, २०८२

बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ भाद्र, २०८०

बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

काठमाडौं । आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपालले १० विकेटको फराकिलो जित निकालेको छ । मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो ।

नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको साझेदारी गरेपछी नेपालले सहज जित निकालेको हो। कविता १७ र सीता २ रनमा नटआउट रहे।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराईन १५.४ ओभरमा अल आउट हुदैँ ३१ रनमा समेटियो।

बहराइनलाई कम स्कोरका रोक्न इन्दु बर्मा एक्लैले तिन विकेट झारिन्। त्यस्तै खुसी डंगोलले दुई विकेट, कविता कुवँर, पुजा महतो, रुविना क्षत्री बेलवासेले समान एक विकेट लिए ।

कप्तान दिपीका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। दिपीका इन्दु बर्माको बलमा बोल्ड आउट भईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।

समुह चरणको तेस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ। सोमबार कतार र समुह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्ने तालिका छ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल भदौ २२ गते शुक्रबार हुनेछ। फाइनल खेल २३ गते शनिबार हुनेछ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif