बुधबार, २ बैशाख, २०८३

एनपीएल अन्‍तर्गत विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २६ मंसिर, २०८२

एनपीएल अन्‍तर्गत विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

२०८२ मंसिर २५, काठमाडौं ।  विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।

अब लुम्बिनीले उपाधिका लागि पहिलो क्वालिफायर जित्दै फाइनमा सिधै प्रवेश गरेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा समेटियो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए ।

१७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै विराटनर ९४ रनमा समेटियो । लुम्बिनीले ४० रनको जित निकाल्यो र फाइनलमा स्थान बनायो ।

दोस्रो क्वालिफायरमा विराटनगरका सुरुवाती क्रममा ब्याटरहरु नचल्दा नजिता लुम्बिनीको पक्षमा गएको हो । विराटनगरले पहिलो ओभरमै ओपनर मार्टिन गुप्टिल र लोकश बमलाई गुमाएको हो । मार्टिनले २ रन जोडे भने लोकेश डक आउट भए ।

advertisement_1676551694.gif