राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १९ मंसिर, २०८२
२०८२ मंसिर १८,काठमाडौँ । सुदूरपश्चिम रोयल्सले चितवनलाई ४९ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ।सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रनमा अलआउट भयो ।टीयू क्रिकेट मैदानमा २० ओभरमा १६९/४ बनाएर सुदूरपश्चिमले एनपीएल-२ मा चितवनलाई पराजित गर्यो ।
क्रिस लिनले रिटायर हर्ट हुनुअघि सर्वाधिक ७५ रन बनाए भने कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले २४-२४ रन बनाए। जवाफमा रवि बोपाराको सर्वाधिक २९ रनको बावजुद चितवन कम स्कोरमा अलआउट भयो ।
पुनित मेहराले ३ विकेट लिए, जसमा दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेको साथ थियो । यो चितवनको चौथो हार थियो, जसले गर्दा प्लेअफको सम्भावना कठिन भयो ।