मंगलवार, १७ असार, २०८२

एसिया कपमा भारतसंग खेल्न नेपाली टोलि श्रीलंकामा ।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ भाद्र, २०८०

एसिया कपमा भारतसंग खेल्न नेपाली टोलि श्रीलंकामा ।

काठमाडौँ। एसिया कपमा भारतसँग खेल्नको लागि  नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ। एसिया कपमा बुधबार पाकिस्तानविरुद्ध खेलेको नेपाली टोली अहिले  श्रीलंका पुगेको हो। नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ गते खेल खेल्दैछ । 

भारत र पाकिस्तानबीच लामो समय देखि चलिरहेको आन्तरिक द्वन्द्वका कारण आईसीसीले पाकिस्तान र श्रीलंकामा एसिया कपको आयोजना गरेको हो। भारत एसिया कप खेल्न पाकिस्तान नआउने भएपछि आईसीसीले श्रीलंकामा भारत र नेपालबीचको खेल राखेको हो। भारत र पाकिस्तानले पनि श्रीलंकामै खेल्नेछन्।एस अघि पनि यी दुइ देशको द्वन्द्वको कारण खेल नै क्यान्सिल समेत गर्नु परेको  इतिहास रहेको छ। 

नेपाल,एसिया कपको उद्घाटन खेलमा  आयोजक पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पुरा गर्न खेलेको  नेपालले १०४ रन मा  अलआउट भएको थियो। 

एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई  एसियाली क्रिकेट काउन्सिलले  (एसीसी) एसिया कप आयोजना गर्दै आएको छ। सन् १९८४ बाट सुरु भएको एसिया कपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पाँच पूर्ण सदस्य र छनोटबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्दै आएका छन्।

सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा भारत, पाकिस्तान र नेपाल छन्। यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। हरेक समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छ। सुपर चारबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। एसिया कपको सर्वाधिक सफल टोली भारत हो। १६ संस्करणमध्ये भारतले आठ पटक उपाधि जितेको छ। यस्तै श्रीलंकाले ६ र पाकिस्तानले दुई पटक एसिया कपको उपाधि चुमेको छ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif