राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १८ फाल्गुन, २०८१
काठमाडौँ। केपी ओली कप २०२५ को फाइनल खेल डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ हुनेछ।पछिल्लो २ संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबले हासिल गरेको थियो।
मछिन्द्र फुटबल क्लबले फेरि पनि उपाधि आफ्नो पोल्टामा पार्नका लागि लागि परेको छ भने त्रिभुवन आर्मी क्लब पनि यसपटक नयाँ र पुरानो खेलाडीको समिश्रणसहित उपाधिकै लागि भिड्न गैरहेको छ ।प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।केपी ओली कप २०२५ को फाइनल खेलमा इटालीबाट विश्वकप विजेता गोलकिपर जियानलुजी वुफन मुख्य आकर्षणको रुपमा रहेका छन्।