आईतवार, ३ कार्तिक, २०८२

लुम्बिनीको लगातार चौथो हार, प्रतिस्पर्धात्मक खेलमा जनकपुर एक रनले विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २३ मंसिर, २०८१

लुम्बिनीको लगातार चौथो हार, प्रतिस्पर्धात्मक खेलमा जनकपुर एक रनले विजयी

काठमाडौं, मंसिर २३ । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा जित हासिल गरेको छ । लगातार पहिलाका तीन खेलमा नराम्रो हार व्यहोरेको लुम्बिनी चौथो खेलमा जनकपुर बोल्ड्ससँग मात्र एक रनले पराजित भएको हो। 

जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन् । लुम्निीको यो लगातार चौथो हार हो ।

राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन । यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ । बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए ।

advertisement_1676551537.gif