मंगलवार, १५ बैशाख, २०८३

लुम्बिनीले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ स्थान सुरक्षित

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २० मंसिर, २०८२

लुम्बिनीले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ स्थान सुरक्षित

२०८२ मंसिर १९, काठमाडौँ । लुम्बिनी लायन्सले आफ्नो अन्तिम लिग खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै एनपीएल सिजन-२ को अन्तिम प्लेअफ स्थान सुरक्षित गरेकोछ । टीयू क्रिकेट मैदानमा १३३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनीले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ ।

कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए भने डार्सी सर्ट (३०) र जेजे स्मिथ (२१) ले साथ दिए।यसअघि, जनकपुरले २० ओभरमा १३२/६ बनाएको थियो, जसमा संगीत कुरेले अविजित ४५ र मयान यादवले अविजित २७ रन बनाएका थिए । लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले दुई-दुई विकेट लिए ।

यो नतिजासँगै, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन् भने पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स बाहिरिएका छन् ।

advertisement_1676551537.gif
अन्य समाचार