मंगलवार, १७ असार, २०८२

नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ भाद्र, २०८०

नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

काठमाडौं। पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल एकदिवसीय वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग २३८ रनले पराजित भएको छ ।

पाकिस्तानको मुल्तानमा घरेलु टोली पाकिस्तानले बनाएको ३ सय ४२ रनको जवाफी लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल २३.४ ओभरमा १०४ रन अल आउट भएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाउँदा आरिफ शेखले २६ रन बनाए । पाकिस्तानका सदाब खानले ४ विकेट लिए ।

पहिलो विकेटको रुपमा कुशल भुर्तेल आउट भएका थिए । उनले ४ बलमा ८ रन बनाउँदा २ चौका प्रहार गरे । त्यसलगत्तै क्रिजमा आएका रोहित पौडेल पहिलो बलमै एलबी डब्ल्यू आउट भएका थिए । त्यसपछि टिमको स्कोर १४ रन हुँदा आशिफ शेख ५ बलमा ५ रन ब नाएर आउट भए । सुरुका दुई विकेट सहेन साह अफ्रिदीले लिएका थिए । त्यसपछि नसिम साहले पाकिस्तानलाई तेस्रो सफलता दिलाएका थिए ।

१४ बलमा ३ विकेट गुमाएको नेपालको पारिलाई आरिफ शेख र सोमपाल कामीले सम्हालेका थिए । यी दुईले ५९ रनको साझेदारी गरेका थिए । ७८ बल फेस गरेका थिए । तर १४.४ ओभरमा नेपालको स्कोर ७३ रन भएका बेला नेपालले चौथो विकेट गुमायो । नेपालका आरिफ शेख २६ रन बनाएर आउट भए । ३८ बल फेस गर्दा ५ विकेट लिए ।

उनलाई हारिस रौफले आउट गरेका थिए । यसैगरी १७ औं ओभरमा नेपालले पाँचौं विकेटको रुपमा सोमपाल कामी आउट भए । कामीले ४६ बल फेस गर्दा २८ रन बनाए । उनले ४ चौका प्रहार गरे । उनी ४.२ ओभर भएका बेला सोमपाललाई अम्पाएरले आउट दिएका थिए । अफ्रिदीको बलमा आउट दिए पनि डीआरएस रिभ्यूमा उनी नटआउट भएर पारि सम्हालेका थिए ।

सोमपाल आउट भएपछि अहिले क्रिजमा गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले सम्हालेका थिए । तर, दीपेन्द्रसिंह ऐरी ३ रन बनाएर छैटौं विकेटको रुपमा आउट भए । लगत्तै गुल्सन झा व्यक्तिगत १३ रन बनाएर आउट भएका थिए । उनले २३ बल खेल्दा १ छक्का प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका सन्दीप लामिछाने २ बल फेस गर्दा बोल्ड आउट भए । उनले खाती खोल्न असफल रहे ।

नवौं विकेटको रुपमा कुशल मल्ल आउट भएका थिए । उनले ४ बल फेस गर्दा एक छक्का प्रहार गरेपछि नवौं विकेट गुमएको थियो । अन्तिम ब्याटरको रुपमा ललिल नारायण राजवंशी आउट हुँदा नेपालले २३.४ ओभरमा १०४ रन बनाएको थियो । रिभ्यू लिए पनि त्यो काम लागेन । करण केसी ७ रनमा नटआउट रहे । 

पाकिस्तानका सदाव खानले ४ विकेट लिँदा हरिस रौफ र साहेन सा अफ्रिदीले दुई दुई विकेट लिए । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि तीन सय ४३ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै  तीन सय ४२ रनको योगफल बनायो । 

विश्व वरियताको नम्बर एक ब्याटर बाबरले सर्वाधिक एक सय ५१ रनको योगदान दिए । उनले एक सय ३१ बलमा चार छक्का र १४ चौकाको मद्दतमा १५१ रनको योगदान दिएका हुन । बाबरलाई नेपालका सोमपाल कामीको बलमा सन्दीप जोराले खेल सकिन दुई बल बाँकी छँदा आउट गराएका हुन् । 

यसैगरी बाबरले ४१ दशमलव २ ओभरमा आफ्नो करियरको १९औँ शतक प्रहार गरेका हुन् । बाबरले अन्तिम पावर प्लेमा दीपेन्द्रसिंह ऐरीलाई दुई रन हान्दै शतक बनाएका थिए ।

त्यस्तै इफ्तिकरले आफ्नो करियरकै उच्च रन बनाए । उनले ७१ बलमा अविजित एक सय नौ रनको योगदान दिए । यसअघि न्युजिल्यान्डविरुद्ध उनले ९४ रन बनाएका थिए । दुवै खेलाडीले चौथो विकेटको लागि एक सय ३० बलमा दुई सय १४ रनको बलियो साझेदारी गरेका थिए । 

यसैगरी नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले पाँच दशमलव तीन ओभरमा  सुरुआती ब्याट्सम्यान फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन् । फखरले २० बलमा तीन चौकासहित १४ रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमान उलहकलाई गुमाएको थियो । उनी  व्यक्तिगत पाँच रनमा आउट भएका थिए । नेपालका कप्तान रोहितकुमार पौडेलले इमानलाई आउट गराएका हुन् । फखर र इमामले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरेका हुन् ।

तेस्रो विकेटको रूपमा पाकिस्तानले अनुभवी मोहम्मद रिजवानलाई गुमायो । पचास रनमा ४४ रन बनाइरहेका रिजवानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गराए । रिजवान र कप्तान बाबरले तेस्रो विकेटका लागि एक सय सात बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको हो ।

चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो । सन्दीपले १४ बलमा पाँच रन बनाएर खेलिरहेका आघा सलमान कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । त्यस्तै अन्तिम बलमा नेपालका सोमपाल कामीले पाकिस्तानका सदाम खानलाई आउट गराए । सदामले चार रन बनाएका थिए ।  

नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कपमा सहभागिता जनाएको हो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif