मंगलवार, १७ असार, २०८२

नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ५३ रनको लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २ असार, २०८२

नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय ५३ रनको लक्ष्य

२ असार २०८२, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई एक सय ५३ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५२ रन बनाएकाे हाे ।

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए । यस्तै शाकिब जुल्फिकरले ११ बलमा २४ रन बनाए भने विक्रमजित सिंहले ३० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भुर्तेलले एक एक विकेट लिए ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif