मंगलवार, १७ असार, २०८२

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १९ श्रावण, २०८०

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मल्लले आज पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक व्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालिन खेलाडीकोरुपमा परिचित छन् ।

२०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए । कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान नियुक्त गरेको थियो । उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटाएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो।

यू–१७, यू–१९ हुँदै २००६ देखि राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेका मल्लले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध नेपाल राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका थिए ।पूर्व कप्तान मल्लले राष्ट्रिय टोलीबाट खेल्दा कुनै पनि प्रभावकारी प्रदर्शन गर्न नसके बस्नु उचित नहुने ठानेर सन्यास लिएको बताए ।

ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका थिए।

मल्लले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए मल्लले करिब एक दशकसम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए । उनी सन २०१९ को नोभेम्वरमा राष्ट्रिय टोलीको कप्तान बनेका थिए ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif