मंगलवार, १७ असार, २०८२

वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपाल ७६ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १९ बैशाख, २०८१

वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपाल ७६ रनले पराजित

काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० खेलमा नेपाल ७६ रनले पराजित भएको छ।  पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज  टोलीले २–१ को अग्रता लिएको छ । जोन्सनको शतकका कारण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा टुंगियो

लोकेश बम र करण केसी दुबैले २८/२८ रनको योगदान दिए भने विनोद भण्डारीले १९ र कुशल मल्लले २० रन जोडे। वेस्ट इन्डिजका लेग स्पिनर हेडेन वाल्सले २८ रनमा ३ विकेट लिए भने गुडाकेश मोतीले २८ रनमा २ विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । ओपनर जोनसन चार्ल्सले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै अविजित ११९ रन बनाए । आन्द्रे फ्लेचरले ५३ रन जोडेर दोस्रो विकेटका लागि चार्ल्ससँग १४५ रनको महत्वपूर्ण साझेदारी गरे ।

नेपालका लागि स्पिनर सागर ढकाल र करण केसीले समान १–१ विकेट लिए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif